Rule 10
दोभाषे वा अनुवादक सम्बन्धी व्यवस्था

(१) जिल्ला समितिले अड्डा अदालतको काम कारबाहीको भाषा अनुवाद गर्न सक्ने विज्ञ वा दोभाषेको सूची तयार गरी अद्यावधिक गर्नु
पर्नेछ ।
(२) उपनियम (१) बमोजिमको सूची तयार गर्दा जिल्ला समितिले सार्वजनिक सूचना प्रकाशन गरी इच्छुक व्यक्तिहरुको दक्षताको आधारमा गर्नेछ ।
(३) अड्डा अदालतको काम कारबाहीको भाषा नबुभ्mने पीडितले दोभाषे वा अनुवादक राख्नु पर्ने भएमा पीडितले जिल्ला समिति समक्ष अनुरोध गर्न सक्नेछ ।
(४) उपनियम (३) बमोजिम पीडितले अनुरोध गरेमा जिल्ला समितिले उपनियम
(१) बमोजिमको सूचीमा नाम समावेश भएका व्यक्तिहरु मध्येबाट पीडितले चाहेको व्यक्तिलाई दोभाषे वा अनुवादकको रुपमा काम गर्ने गरी तोक्न सक्नेछ ।